धादिङ । नेपाली कांग्रेसका युवा नेता बामदेव अधिकारी धादिङ क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएका छन् ।
अधिकारीलाई धादिङ क्षेत्र नं २ (क) बाट प्रदेशसभा समितिले आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि सिफारिस गरेको हो ।
नेपाली कांग्रेसको भादृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीति थालेका अधिकारी बाल्मिकी क्याम्पसको इकाई अध्यक्ष, विश्वविद्यालय अध्यक्ष, धादिङ–काठमाडौं सम्पर्क समितिको अध्यक्ष, नेविसंघ जिल्ला कार्यसमितिको तीन पटकसम्म सदस्य भएर राजनीतिमा अनुभवन वटुलेका छन् ।
त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयबाट स्नाकोत्तर हासिल गरेका अधिकारी कृषि पेसामा समेत अब्बल रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
