आज यस क्षेत्रमा सार्वजनिक बिदा

तम्घास । जिल्लाको रुरु क्षेत्र गाउँपालिकाले भदौ १६ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधवार गाउँपालिका अध्यक्ष स्तरीयको निर्णय अनुसार बिहीबार तीजको अन्तिम दिन ऋषि पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए ।

Advertisement

बिहीबार गाउँपालिका भित्रका वडा कार्यालयहरू, सङ्घ संस्था, शिक्षण संस्थाहरू र सार्वजनिक सङ्घ संस्थाहरू बन्द रहने गाउँपालिकाले जनाएको छ ।

More News last news
Loading...