काठमाडौँ ९ (क) प्रदेश सभा सदस्यमा कांग्रेस नेता रमेश रायमाझीको दाबी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रमेश रायमाझीले काठमाडौँ क्षेत्र नम्बर ९ प्रदेश (क) प्रदेश सभा सदस्यमा उमेद्वारी प्रस्तुत गरेका छन् ।

पार्टीबाट टिकट पाए जित्ने र नपाए जसले पाउँछ उसैलाई जिताउने भन्दै नेता रायमाझीले प्रदेश सभा सदस्य पदमा दाबी गरेका हुन् ।

Advertisement

२०४५ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएका रायमाझी, ५७ सालमा जनप्रशासन क्याम्पसको इकाइ सभापति, सोही क्याम्पसको स्ववियु सभापति हुँदै २०६३ सालमा नेविसंघको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

शिक्षामा एनपिए (मास्टर्स इन् पब्लिक एडमिनिष्टेशन) गरेका रायमाझी पछिल्लो समय कांग्रेसको १२ औँ महाधिवेशनबाट काठमाडौँ क्षेत्र नम्बर ९ को क्षेत्रिय सचिव र १४ औँ अधिवेशनबाट मनोनित क्षेत्रिय सदस्य हुन् ।

सन् २०१० देखि अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्य भएका रायमाझीले राष्ट्रिय फुटबल टिमको व्यवस्थापक र एन्फा फुटसल समितिको अध्यक्ष भएर काम गरिसकेका छन् ।

प्रदेश सभा सदस्यमा दाबी प्रस्तुत गरेका रायमाझी अमेरिका, जापान, कोरिया, चीन, जर्मन, नर्वे, इटली, डेनमार्क, कम्बोडिया, इन्डोनेशिया लगायतका थुप्रै देशहरुको भ्रमण गरिसकेका छन् ।

रायमाझीले आफ्नो अहिलेसम्मको ज्ञान र सीपलाई जनप्रतिनिधिको माध्यमबाट जनसेवा गर्न चाहेकाले उमेद्वारी प्रस्तुत गरेको बताए । रायमाझीले विभिन्न समयमा राजनीतिका अलवा समाजसेवा पनि गर्दै आएका छन् ।

More News last news
Loading...