काठमाडौँ । मकवानपुरको हेटौँडामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जना सैनिकको ज्यान गएको छ ।
ग २२ प ६१३ नम्बरको मोटरसाइकल र ना ४ ख ९६०३ नम्बरको ट्रक ठोक्किँदा मोटरसाइकलमा रहेका नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया सिर्जना विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनु भएका उहाँको उपचारका क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
