नेविसंघले कब्जामा लियो त्रिवि कार्यकारी परिषद्‌ बैठकका कागजातहरु, कर्मचारीहरुको भागाभाग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि इकाइ समितिले त्रिवि कार्यकारी परिषद्‌को बैठकबाट कागजातहरु नियन्त्रणमा लिएको छ ।

शुक्रबार होटल यल्लो पेगोडामा बसिरहेको त्रिवि कार्यकारी परिषदको बैठकबाट कागजातहरु नियन्त्रणमा लिइएको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावलले बताउनुभयो ।

Advertisement

उहाँले त्रिवि परिसरमै परिषदको बैठक नबसुन्जेलसम्‍म नेविसंघले परिषदका सबै बैठकहरु बिथोल्ने चेतावनीसमेत दिनुभयो ।

त्रिवि पदाधिकारी शिक्षक तथा कर्मचारीको नयाँ तलबमान निर्धारण गर्न, नेपाल कमर्श क्याम्पस मीनभवन पूँजीगत शीर्ष बजेट विनियोजन गर्न, विज्ञात तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय प्रभावकारी कार्य सम्पादन गर्न इ–बैंकिङलगायत सात एजेन्डामाथि छलफल गर्न त्रिवि कार्यकारी परिषदको बैठक बसेको थियो।

नेविसंघले कागजात नियन्त्रणमा लिएपछि त्रिवि परिषदंको बैठकमा उपस्थित उपकुलपति, रजिष्ट्रार, रेक्टर, डिनलगायतका पदाधिकारीहरु होटलबाट भागेका छन् ।

नेविसंघ त्रिवि इकाइ समितिले त्रिविका विभिन्न निकायमा गत असारदेखि नै तालाबन्दी गर्दै आएको छ ।

More News last news
Loading...