मस्जिद भत्किंदा ४ जनाको ज्यान गयो

बग्दाद । मध्य इराकी प्रान्त केरबालामा रहेको शिया मुस्लिम धार्मिकस्थल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार भएको पहिरोपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेका ६ जनाको उद्धार गरेको छ । भग्नावशेषमा अझै धेरै मानिस पुरिएको अवस्थामा खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए ।

Advertisement

कतारत अल–इमाम अली मन्दिर पश्चिमी मरुभूमिमा अवस्थित छ । उक्त मन्दिर पवित्र शहर केरबालाको केन्द्रबाट लगभग २८ किलोमिटर टाढा छ ।

मन्दिरको छतमा पहिरो ठोकिएको नागरिक रक्षा सेवाले एक विज्ञप्तिमा जनाएको छ ।

More News last news
Loading...