१७ विधामा एनएफपीजेले ‘फोटो पत्रकारिता अवार्ड’ प्रदान गर्ने

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ। एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त समूहले विविध कार्यक्रम आयोजना गर्ने भएको हो।

असोज ६ गते काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । एनफपीजेका पूर्वअध्यक्षद्वय मीनरत्न बज्राचार्य र विकास रौनियार तथा वाइडलाइफ फोटोग्राफर चुङ्वा लामालगायत फोटो पत्रकारको सहभागिता रहेको उक्त कार्यक्रममा पूर्वअध्यक्षद्वयले शुभकामना मन्तवय व्यक्त गर्नाका साथै नेपालमा फोटो पत्रकारितामा भोग्नुपरेका समस्याबारे चर्चा गरेका थिइ।

Advertisement

उक्त दिवसका अवसरमा समूहका महासचिव नवराज श्रेष्ठले नयाँ तथा पुराना फोटो पत्रकारलाई १६ विधामा अवार्ड प्रदान गरिने जानकारी गराए । विशेष समारोहमा संस्थापक सदस्यलगायत नेपालका अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको उनले बताए ।

उक्त अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२’ राखिएको जनाइएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि रु ५० हजार प्रदान गरिनाका साथै दैनिक जीवन, महिला फोटो पत्रकारिता विधा, पर्यटन तथा संस्कृति, आर्थिक, राजनैतिक, मनोरञ्जन, खेलकुँद, स्वतन्त्र फोटोसंग सम्बन्धित अवार्ड रहेका छन् ।

More News last news
Loading...