बालाजुको जुत्ता कारखानामा आगलागी ✍️ नयाँपुस्ता डटकम २५ श्रावण २०७९, बुधबार १२:३३ काठमाडौँ । काठमाडौँको बालाजु बाइसधारामा रहेको जुत्ता कारखानामा आगलागी भएको छ। जुत्ता कारखानामा आगो लागेको बालाजु प्रहरीले जानकारी दिएको हो। Advertisement अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीको कारण खुल्न बाँकी छ।