इजरायल र प्यालेस्टाइनबीच संघर्ष बिरामको घोषणा

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ । ३ दिनसम्मको भीषण संघर्षपछि इजिप्टको पहलमा संघर्ष बिरामको घोषणा गरिएको हो ।

यसअघि सन् २०२१ को मे महिनामा इजरायल र गाजाबीच ११ दिनसम्म संघर्ष भएको थियो । ३ दिनसम्मको संघर्षमा ४३ जना मानिसको मृत्यु भइसकेको छ । जसमा १५ बालबालिका रहेका छन् ।

Advertisement

साेही घटनामा ३ सय प्यालेस्टाइनी घाइते भएका छन् । इजरायलको कब्जामा रहेको वेष्ट बैंकमा गाजापट्टीको आतंकवादी समूह (पीआईजे) का वरिष्ठ सदस्यको गिरफ्तारी भएपछि गाजापट्टीले इजरायलमा आक्रमण गर्न सुरू गरेको हो ।

यसैबीच संघर्ष बिरामको उलंघन गरे गाजामा भीषण आक्रमण गर्ने जनाइएकाे छ ।

More News last news
Loading...