डा. बिष्णु मुर्ती भट्टराईको शब्द र रचना रिमालको स्वर रहेको नयाँ गीत बजारमा (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गीतकार डा. बिष्णु मुर्ति भट्टराईको नयाँ गीत बजारमा आएको छ। भट्टराईको कर्णप्रिय शब्द रहेको गीतमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले सुमुधर स्वर दिएकी छन् । संगीतकार श्रीधर अधिकारीको संगीतमा आधुनिक गीत ‘सलाई’ बजारमा आएको छ।

गीतको म्युजिक भिडियोमा गायिका रचना रिमाललाई नै देखाइएको छ । भिडियोलाई संगीतकार अधिकारीले नै निर्देशन गरेका छन् । अमृत चापागाईले सम्पादन गरेको म्युजिक भिडियोलाई राम केसीले छायाङ्कन गरेका हुन् ।

Advertisement

पेशाले चिकित्सक डा. बिष्णु मुर्ति भट्टराईको विशेष रुचि गीत लेखनमा भएपनि पछिल्लो समय आफ्ना रचनामा आफैँ अभिनय गर्दै आएका छन् ।

केहि समय अघिमात्रै उनकै रचनामा ‘मेरो तस्बिर’ गीत बजारमा आएको थियो । मेरो तस्बिर गीतमा पनि रचना रिमाल र कृष्ण मुर्ति भट्टराईको स्वर रहेको छ । जुन गीतलाई श्रीधर अधिकारीले संगीत भरेका छन् । जुन गीत टीकटकमा निकै नै रुचाइएको छ ।

सलाई गीत गीतकार भट्टराईको युट्युव च्यानलमा हेर्नसकिन्छ ।

More News last news
Loading...