काठमाडौँ । काठमाडौँमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
काठमाण्डौ महानगरपालिका वडा नम्बर-१२ को सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा चालक मकवानपुरका बुद्ध गोलेको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका २७ वर्षका गोलेको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रदेश नम्बर ३-०२-००७ प ९१९४ नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
