कोटेश्वरमा माइक्रोको ठक्करबाट स्याङ्जाका देवको ज्यान गयो, एक घाइते

काठमाडौँ । काठमाडौको कोटेश्वरमा हिजो बेलुका भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

दुर्घटनामा पैदलयात्रु स्याङजाका ५२ वर्षका देवकुमार सेनको ज्यान गएको प्रहरीले जनाएको छ । पैदलयात्रुलाई ठक्कर दिएको बा २ ख १२३१ नम्बरको माइक्रो अनियन्त्रित भएर ट्रकमा ठोक्किएको थियो ।

Advertisement

माइक्रोका सहचालक घाइते भएका छन् । घाइतेको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ।

ट्रकका चालकलाई प्रहरीले पक्रेको छ । माइक्रोका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

More News last news
Loading...