जिब्रोमा यी तीन समस्या देखिए ? साबधान ! हुनसक्छ गम्भीर समस्या

काठमाडौ ।हाम्रो मुखमा करिब १० हजार स्वादग्रन्थी (टेष्ट बड्स) हुन्छन्। जसमा अधिकांश जिब्रोमा हुन्छन्। जिब्रोको अलग–अलग भागमा रहने टेष्ट बड्स अलग–अलग स्वादका लागि हुन्छन्। मीठो स्वादका लागि जिब्रोको अगाडिको भागमा टेष्ट बड्स हुन्छन् भने अमिलो स्वादका लागि जिब्रोको दुवै किनारामा हुन्छन्।

तितोका लागि जिब्रोको पछाडिको भागमा स्वाद ग्रन्थी हुन्छन्। जब हामी कुनै पनि खाद्यपदार्थ खान्छौं, तिनमा भएका रसायनले टेष्ट बड्सलाई सचेत गराउँछ र स्वादको सन्देश दिमागसम्म पुग्छ। सामान्यतः महिलामा पुरुषको तुलनामा टेष्ट बड्स बढी हुन्छ। यसरी जिब्रोको मुख्य कार्य स्वाद लिनु हो। तर, जिब्रोले मानिसको स्वास्थ्यका बारेमा पनि बताइरहेको हुन्छ।

Advertisement

यदि जिब्रो स्वस्थ छैन भने त्यसले स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ। चिनिया चिकित्सा र नेचुरोप्याथीका अनुसार जिब्रोको सम्बन्ध शरीरका कयौं हिस्सासंग हुन्छ। जिब्रोको रंग र छालाका आधारमा स्वास्थ्य अवस्था पत्ता लगाउन सकिन्छ।

डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नु पनि यहीकारण हो। जिब्रोका आधारमा कुनै रोगको अनुमान गरिरहेका हुन्छन् डाक्टरहरु।

जिब्रो सुक्ने समस्या

जिब्रो सुक्नु आममानिसको समस्या हो। डिहाइड्रेसन वा स्लाइभरी ग्ल्याण्डको समस्याका कारण जिब्रो सुख्खा हुन्छ। यदि जिब्रोमा सुुख्खापन या तनावमध्ये कुनै पनि लक्षण महसुस भएको छ भने डाक्टरसंग सम्पर्क गर्नुपर्छ। सही समयमा लक्षण थाहा पाएर उपचार गर्ने हो भने कयौं स्वास्थ्य समस्यालाई रोक्न सकिन्छ। सेतो पत्र जम्नु यदि जिब्रोमा पातलो सेतो पत्र जमेको देखिन्छ भने कुनै चिन्ता मान्नु पर्दैन।

यो कुनै स्वास्थ्य समस्या होइन। तर, सेतो पत्र मोटो भयो र रंग गाढा सेतो भयो भने ब्याक्टेरियल संक्रमणको संकेत हुन सक्छ। चिनिया चिकित्सा पद्दतिअनुसार यस्तो हुनु पाचनप्रणालीमा गडबढीको संकेत हुन सक्छ। यस अवस्थामा भने डाक्टरसंग सम्पर्क गर्नुपर्छ।

अल्सर या घाउ हुनु

जिब्रोमा स–साना दुख्ने घाउ हुनु आम समस्या हो। तनाव तथा चिन्ताका साथै हर्मोनमा भइरहने परिवर्तनका कारण यस्तो हुन सक्छ। यो कुनै खास रोगको लक्षण पनि होइन। यस्ता घाउ केही दिनमै ठीक हुन्छ। तर, केही खास खालका घाउ या अल्सर शरीरमा एलर्जीको रियाक्सन, भाइरस संक्रमण तथा प्रतिरोधी प्रणालीमा गडबडीको संकेत हुन सक्छ। यदि जिब्रोको एकापट्टिमात्रै पीडा भइरहेको छ भने तत्काल डाक्टरसंग सम्पर्क गर्नुहोला। यस्तो समस्या क्यान्सरको लक्षण पनि हुन सक्छ।

रंग परिवर्तन हुनु

हल्का पहेंलो जिब्र्रोले शरीरमा आइरनको कमीको संकेत गर्छ। अर्कोतिर रातो जिब्रो खानामा नियासिनको कमीको संकेत गर्छ। यदि जिब्रो स्ट्रबेरी रंगको छ भने यसको अर्थ हो तपाईंलाई स्कारलेट फिभर हुन सक्छ।

सेतो दाग ज्वरो, डिहाइड्रेसन, ओरल क्यान्डिडाइसिस, साइफिलिस गराउने ल्यूकोप्लेकियाका कारणले हुन सक्छ। जिब्रो सुन्निने र रातो हुने स्थितिलाई ग्लोसाइटिस भनिन्छ, जो ब्याक्टेरिया या भाइरस इन्फेक्सनको कारणबाट हुन सक्छ।

यो संक्रमण मुखको ठीकसंग सफाई नगर्दा, जिब्रो छेड्दा या मसाला, रक्सी या सुर्तीको अधिक सेवनका कारणले हुन सक्छ। कयौंपटक जिब्रोको आकार पनि बढ्छ। यस अवस्थालाई मेडिकल भाषामा म्याक्रोग्लोसिया भनिन्छ। यो थाइराइड र हर्मोनको गडबडीले हुने समस्या हो।

More News last news
Loading...