काठमाडौं । स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् ।
आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई बन्चरेडाँडाका स्थानीयले बाटोमै रोकेका छन् ।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो । तर बन्चरेडाँडाका स्थानीयले उक्त सहमति नमान्ने बताएका छन् ।
गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
