काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा पुनः मुकुन्द रिजाल विजयी

काठमाडौं l काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा पुनः मुकुन्द रिजाल विजयी भएका छन् । नेकपा एमालेका लक्ष्मी रत्न तुलाधरलाई पराजित गर्दै नेपाली काँग्रेसकारिजाल दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका हुन्l

रिजालले ४ हजार १९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी तुलाधरले ३ हजार ३१० मत पाए । दुई उम्मेदवारबीचको मतान्तर ७०९ रहेको छ।

Advertisement

यस्तै तेस्रो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमालले १ हजार ५८९ मत पाउँदा राप्रपाका बिन्दिका गुरुङलाई ५५७ मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

९ जना उम्मेदवार रहेको वडा नम्बर १६ मा ३ जना उम्मेदवारले भने १०० मत पनि कटाउन सकेनन् । नेमकिपाका श्रीराम महर्जन ३२, स्वतन्त्र उम्मेदवार बसन्दराज भेटुवाल र रामशरण पौडेलले क्रमशः १९ र ६ मत पाएका हुन् ।

पाँचौँ स्थानमा रहेका शान्जे गुरुङ (स्वतन्त्त) ले ३२२ मत ल्याउँदा अर्का स्वतन्त्र उम्मेदवार अर्जुन थापा क्षेत्रीले ६१६ मत पाए । वडा नम्बर १६ को सदस्यमा भने एमालेका पुष्प महर्जन, हर्क बहादुर खाती, शारदा सुवेदी र दलित महिला सदस्यमा मनिता विश्वकर्मा विजयी भए ।

वडा नम्बर १६ को अध्यक्षमा यसअघि पनि रिजाल नै थिए भने उनी काठमाडौं काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति समेत हुन् । विजय भएसँगै रिजालले अघिल्लो ५ वर्षे कार्यकालमा सम्पन्न गर्न नसकेका कामलाई निरन्तरता दिँदै अन्य केही नयाँ काम पनि गर्ने बताए।

More News last news
Loading...