स्थापितकै वडामा बालेनले लिए अग्रता, कसको मत कति ?

काठमाडौं l काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उनको वडामा पनि उछिनेका छन्।

शाहले मतगणना भइरहेका सबैजसो वडामा अग्रता कायम गरेका थिए। आफ्नो वडामा स्थापितले सुरूवाती अग्रता लिएका थिए। काठमाडौं- २८ स्थापितको घर भएको वडा हो।

Advertisement

उक्त वडामा ८ सय मत गणना हुँदा बालेनले १० मतको अग्रता लिएका हुन्। यो वडामा बालेनले २१३ मत ल्याएका छन् भने स्थापितले भने २०३ मत ल्याएका छन्।

यस्तै तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १६२ मत ल्याएकी छन्।

अहिलेसम्म वडा नम्बर १, २, ३ र ५ को मतगणना सकिएको छ भनेवडा नम्बर ४, ६, ७. २८, २९, ३०, ३१ र ३२को मतगणना भइरहेको छ।

More News last news
Loading...