पोखरामा ४६ सय गणना, गठबन्धनले अग्रता बढायो

पोखरा l पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मतको ल्याएका छन् ।

पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ४ हजार ६ सय मतगणनामा आचार्यले १ सय २६ मतले अग्रता लिएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १ हजार ९ सय ३७ मत ल्याएर पछ्याइरहेका छन् ।

Advertisement

मेयर तर्फ राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ९ सय २५ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन् ।

उनीहरूको मत अन्तर १ सय ४४ छ । पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

More News last news
Loading...