जेठ ४ गतेबाट लाइसेन्सको नयाँ आवेदन खुल्ने

काठमाडौँ l सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन जेठ ४ गतेबाट खुल्ने भएको छ। यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार अहिलेसम्मको तयारी जेठको पहिलो साताभित्र अनलाइन आवेदन खुल्ला गर्ने हो।

‘जेठ १ गत्ते नै खोल्ने भनिएको थियो, निर्वाचनले गर्दा जेठ ४ गते सारिएको हो,’ सूचना अधिकारी पनेरुले भने, ‘कुनै प्राविधिक समस्या नआए तोकिएकै समयभित्र सुरु हुने छ ।’

Advertisement

उनका अनुसार वैशाख अन्तिमसम्म पुराना सबै लाइसेन्स वितरण गरिसकिने छ । ‘पुराना लाइसेन्स जति छन्, अहिले धमाधम प्रिन्ट गर्ने काम भइरहेको छ,’ उनले भने, ‘त्यसैले सबै पुराना लाइसेन्स वितरण गरेर मात्र नयाँ आवेदन खुल्ला गरिन लागेको हो।’

विभागले वैशाख अन्तिमसम्म सबै लाइसेन्स वितरण गरीसक्ने दाबी गर्दै आएको छ । जवकि वैशाख तेस्रो साता वित्दा १ लाख ९० हजार लाइसेन्स प्रिन्ट (छाप्न) गर्नै बाँकी छ। अहिले दैनिक ६ हजारका दरले लाइसेन्स छाप्ने काम भइरहेको छ।

यही संख्यामा लाइसेन्स छाप्दा वैशाखभित्र सक्न मुस्किल पर्ने छ। विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार उपत्यका बाहिरका कार्यालयहरुको पुरानो लाइसेन्स प्रिन्ट गरिसकिएको छ।

More News last news
Loading...