चितवनका कार्यकर्तालाई देउवाको आश्वासन ‘गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्’

चितवन l प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन नटुट्ने बताएका छन् । चितवनमा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन नटुट्ने भन्दै रेणु दाहालको टिमलाई भोट दिन आग्रह गरेका हुन् ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रणु दाहालले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसका जगन्नाथ पौडेलले बागीको रुपमा स्वतन्त्र मनोनयन दर्ता गरेका छन् ।

Advertisement

साथै बिहीबार आयोजित सभामा वक्ताको रुपमा सम्बोधन गरेका चितवनका नेताहरुले गठबन्धन टुट्न सक्ने, यसअघि जस्तै रेणुका पिता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिन सक्ने आशंका गरेका थिए । तत् पश्चात सम्बोधन गरेका प्रचण्ड र देउवाले गठबन्धन नटुट्ने दाबी गरे ।

कुनै पनि हालतमा गठबन्धन नटुट्ने भन्दै रेणुलाई भोट दिन आह्वान गर्दै देउवाले भने, ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । कुनै पनि हालतमा गठबन्धन टुट्ने काम हुँदैन । राम्रो काम गर्ने मान्छेलाई सहयोग गर्नुपर्ने हो । तर, यहीँकै साथीले विरोध गर्नु भएको छ । हाम्रो पार्टीले कुनै बखेडा झिक्नु जरुरी छैन ।’

कांग्रेस चितवनका नेताहरुले रेणुलाई भोट दिनु कर्तव्य भएको भन्दै देउवाले भने, ‘चितवनका साथीको कर्तव्य हो, रेणु दाहाललाई सहयोग गर्नु । बेरुजु नभएको महानगरको मेयर हो उहाँ ।’

More News last news
Loading...