दोलखा । आज बिहान दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहान ६ बजेको आसपासमा जिल्लाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
कम्पन्न सानो तथा क्षणिक भएकाले धेरैले महशुस नै गरेनन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त कम्पन्न गोरखा भूकम्पको परकम्प भएको जनाईएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
