आज पनि केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिवार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

Advertisement

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

More News last news
Loading...