तारकेश्वर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तारकेश्वर नगरपालिका ३ मा पनि सम्पर्क कार्यालय स्थापना गरेको छ । राप्रपा बाग्मती प्रदेश प्रमुख बिक्रम बहादुर थापाको प्रमूख आतिथ्यतामा राप्रपा तारकेश्वर ३ ले वडा कार्यालय स्थापना गरेको हो ।
उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु सरस्वती अधिकारी केसी, बाग्मती प्रदेश कोषध्यक्ष पशुपति कठायत, तारकेश्वर नगरपालिका अध्यक्ष बसन्त कुमार बस्नेत, उपाध्यक्ष प्रताप मर्दन बस्नेत र विद्यार्थी केन्द्रीय उपाध्यक्ष रबिन थापा लगायत आधा दर्जबढी नेताहरुको सहभागिता रहेको थियो ।
यसैगरी, आजै राप्रपाले सर्बसम्मत रुपमा स्थानियतह निर्बाचनका वडाध्यक्षमा मनिराज फूयाँलसहित ५ जनाको नाम सर्वसम्मतिले चयन गरेको छ। हिजो (शुक्रबार) पनि राप्रपा तारकेश्वर –४ ले मिलन बस्तीमा वडा स्तरीय सम्पर्क कार्यालय स्थापना गरेको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
