सोल्टीदोबाटोमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरिका सुवेदीको ज्यान गयो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ सोल्टीदोबाटोमा टाटा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि नगरपालिका–२ बस्ने एक युवकको ज्यान गएको छ।

बुधबार १५ः३२ बजे काठमाडौँ महानगरपालिका वडा नं १३ सोल्टिदोबाटो स्थित नेपाल ईन्भेष्टमेन्ट बैंक अगाडि सडकखण्डमा बा १७ च ४९०३ नं को टाटा भ्यान गाडिले बागमती प्रदेश ०२–०२८ प ७७२१ नं को मोटरसाइकललाई ठक्‍कर दिएको थियो।

Advertisement

उक्त ठक्करबाट मोटरसाइकलमा सवार चन्द्रागिरि नगरपालिका वडा नं २ ठेगाना भएका ३० वर्षीय किशोर सुवेदी घाइते भएका थिए। उनको उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा बिहीबार मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिएर भागेका गाडी चालक पक्राउ परेका हुन् । प्रहरीका अनुसार मोटरसाइकलाई ठक्कर दिएर चालक फरार भएका थिए। सो घटनामा फरार रहेका गाडी चालक ओखलढुङ्गा सुनकोशी गाँउपालिका २ घर भइ हाल काठमाडौँको कागेश्‍वरी मनहरा नगरपालिका–५ डाँछी बस्ने १९ वर्षको मन कुमार तामाङलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अर्न्तगत सवारी ज्यान अपराधमा महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

More News last news
Loading...