काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेका पाँच दलिय गठबन्धको बैठक काँग्रेस नगर कार्य समितिको कार्यालयमा सम्पन्न भएको हो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजबादी र जनता समाजवादी पाटीको संयुक्त छलफल भएको गठबन्धन स्रोतले जनाएको छ ।
गठबन्धनको संयुक्त बैठकमा, नेपाली काँग्रेसका नगर उप सभापति राजेन्द्र विक्रम बाँनिया, नगर सचिव राजेन्द्र महर्जन, नविन महर्जन, कोषध्यक्ष भिमकुमारी खत्री, मञ्जय प्रकाश श्रेष्ठ, माओवादी केन्द्रका सल्लाहाकार मुकुन्द्र प्रसाद घिमिरे, नगर अध्यक्ष देवकृष्ण महर्जन, एकीकृत समाजबादीबाट तोरण थापा, नगर अध्यक्ष भाईकृष्ण बलामी, राष्ट्रिय जनमोर्चाका युवा नेता तथा बागमती प्रदेश सदस्य रोशन दानी, जनता समाजवादी पाटीका नेता रमेशचन्द्र प्रधान र नगर अध्यक्ष राजु महर्जनको सहभागी थिए ।
बैठकमा सहभागी नेताका अनुसार चन्द्रागिरीका सवै वडाहरुमा पाँच दलिय गठवन्धनकै जित हुने गरि निवार्चनमा सहकार्य शुरु भएको बताए । गठबन्धनकोअर्को बैठक पुनः चैत्र २७ गते बस्ने भएको छ ।
वैठकमा सहभागी नेताहरुले गठबन्धन एक ढिक्का भएर चुनावी मोर्चामा होमिन तयार भएको बताएका छन् ।
उक्त बैठकले नेपाली काँग्रेसको संयोजकत्वमा तीन सदस्यीय र सबै दलहरुबाट दुई दुई जना सदस्य रहने गरि ११ जनाको संयन्त्र निमार्ण भएको गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
