काठमाडौं । पुर्नगठित राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रजातान्त्रिक युवा संगठनको अध्यक्षमा फणिराज लोहनी (राजु) चयन भएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले संगठनका पूर्व अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य समेत रहेका लोहनीलाई पूनः अध्यक्ष चयन गरेका हुन् । संगठनको उपाध्यक्ष गुणराज राजभण्डारी र महासचिवमा सुजित के.सी. चयन भएका छन् ।
अध्यक्षमा नियुक्त भएपछि लोहनीले भने, युवा भनेका वायु हुन् । हामी अब वायु जसरी पार्टीका लागि काम गर्ने छौँ । लोहनीले कार्यक्रममा बोल्दै भने, ‘सरकारले जनता माथि खेलवाड गरिरहेको छ। सरकारको यस्तो कार्यप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन आपत्ति प्रकट गर्दछ । ’नागरिकको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको बेला जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पीडा दिएको लोहनीको दाबी छ ।
लोहनीले संगठनलाई देशव्यापी बनाउन सबै युवा नेता कार्यकर्तालाई समेत आग्रह गरेका छन् । आगामी बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा भएसँगै सबै राजनीतिक दलको संगठन बिस्तार, पार्टी कार्यालयहरु स्थापना, कुनै पार्टी छाड्ने र कोही नयाँ पार्टीमा प्रवेश गर्ने लहर नै चलेको छ ।
अध्यक्षमा लिंदेनको उदयसँगै पछिल्लो समय राप्रपाले देशभर पार्टी प्रवेश र आफ्नो पक्षमा जनलहर देखिएको दाबी गर्दै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
