भोलि सार्बजनिक बिदा !

काठमाडौँ । भोलि अर्थात शुक्रबार सरकारले सार्बजनिक बिदा दिएको छ । शुक्रबार घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै सार्बजनिक बिदा दिइएको हो ।

यो पर्ब चैत महिनाको कृष्ण औंसीका दिनमा पर्छ। यस वर्षको यही चैत १८ गते शुक्रबार परेको छ। यसलाई पिशाच चतुर्दशी पनि भन्छन्। यस दिन टुँडिखेलमा घोडा दगुराउने जात्राका साथै अरू विभिन्न देवीदेवताका रथयात्रा पनि हुन्छ। घोडेजात्रा नेवार समुदायको एउटा ठूलो चाड हो।

Advertisement

यसअघिका वर्षहरुमा पनि घोडेजात्राको अवसरमा सरकारले सार्बजनिक बिदा दिँदै आएको थियो ।

किन मनाइन्छ गाइजात्रा ?

घोडेजात्रा घोडाप्रतिको सम्मान त हुँदै हो तर यो घोडा दौड नभएर जात्रा भएकाले धार्मिक र सांस्कृतिक मान्यतासँग पनि यसको सम्बन्ध छ। पिशाच चतुर्दशीको भोलिपल्ट औंसी तिथिमा मनाइने यो पर्व भएकाले यसले तान्त्रिक मान्यतालाई आत्मसात गरेको पाइन्छ।

किनकी, घोडा दौडाएर पिशाच, दुष्टात्मा भगाउने कार्य र विश्वासलाई मल्लकालको बढ्दो तान्त्रिक विधाको प्रभावसँग जोडेर हेर्दा पनि पुष्टि हुन आउँछ।

हाम्रो देशको संस्कृतिको एक प्रमुख अंगका रूपमा नेपालका विभिन्न चाडपर्वलाई पनि लिइएका छन्। ती चाडपर्वलाई सम्पूर्ण नेपालीले खुला हृदयले मिलोमतो गरी भाग लिने गर्छन्।

यस दिन भगवान् शिवजीको धुमधामसँग पूजाआजा गरिन्छ। अझ बढी नाचगान, बाजागाजा र परम्परागत भेषभूषा नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन्। यस दिन काठमाडौंको टुँडिखेल नजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजा–अर्चना पनि गर्ने परम्परा छ।

यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाई दिई सफासुग्घर तुल्याई मद्यमांस आदि तामसी भोग चढाइन्छ। यस भोगमा छ्यापी, लसुनजस्ता उत्तेजक भोजनको प्राचुर्य हुन्छ। भनिन्छ– घोडे जात्रापछि लसुन छिपिएको हुन्छ, खानलायक हुँदैन भन्ने किम्वदन्ती पनि आजसम्म त्यत्तिकै चरितार्थ रहेको पाइन्छ।

More News last news
Loading...