काठमाडौँ । काठमाडौँको शंखमुलमा दुई समूहबीच ग्याङ फाइट हुँदा एक जना गम्भीर घाइते भएका छन्।
झगडाका क्रममा विकास लामाको समूहले उनलाई खुकुरी प्रहार गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए।
घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ। कुँवरका अनुसार घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।
‘पक्राउ पर्नेहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं’ उनले भने । एसएसपी कुँवरका अनुसार घटनामा संलग्न अन्यको खोजी भइरहेको छ। खुकुरी प्रहार गर्नेहरु एक वर्कसपको मोटरसाइकल लिएर आक्रमण गर्न आएको पाइएको उनको भनाइ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
