विदेश उड्न लागेका दुई नेपाली महिलाको ह्याण्ड ब्याग चेकजाँच गर्दा…

काठमाडौँ । विदेशी पैसासहित विदेश उड्न लागेका दुई नेपाली महिला पक्राउ परेका छन्। नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी ५६ वर्षीया सहनशीला बज्राचार्य र कतार एयरवेजको उडानमार्फत अस्ट्रेलिया उड्न लागेकी २३ वर्षीया रन्जिता श्रेष्ठ पक्राउ परेका हुन्।

काठमाडौँ महानगरपालिका–२ घर भएकी शाक्यले बोकेको निलो रङको ह्याण्ड ब्यागलाई चेकिङ गर्दा सात हजार ७०० यूरो, एक हजार ९०० क्यानेडियन डलर, एक हजार ३०० साउदी रियाल र ३३ ओमानी रिअल फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ।

Advertisement

त्यस्तै काठमाडौँबाट दोहा हुँदै अस्ट्रेलियाको सिड्नी जान लागेकी गोरखा बोर्लाङ ८ घर भई काठमाडौँ-१३ बस्ने श्रेष्ठको साथबाट १९ हजार ६०० अस्ट्रेलियन डलर र ४२ अमेरिकन डलरसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ।

More News last news
Loading...