चैतको तेस्रो साता पुनः मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

काठमाडौं । सरकारले यहि चैत महिनाभित्र मेलम्चीको पानी पुनः काठमाडौं ल्याइने तीव्र तयारी गरेको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने सरकारको लक्ष्य पूरा हुने बताएका छन् ।

बुधबार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले यही महिनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं ल्याइपुर्‍याउने दाबी गरे ।

Advertisement

जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले चैत मसान्तसम्ममा जसरी पनि पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन समेत दिए ।

मुहानस्थलको निरीक्षण गर्दै मन्त्री चौधरीले अहिले भइरहेको कामको गति चित्तबुझ्दो रहेको बताए । काम निकै द्रुतरुपमा भइरहेको पाइएको बताउदै उनले चैतको तेस्रो साता पानी काठमाडौं पुग्नेमा विश्वस्त रहेको जानकारी दिए ।

ठेकेदार कम्पनीले काम शुरू गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले सोही अनुसार काम भइरहेको उनले बताए ।केही दिनअघि ठेकेदारले आयोजनाको काम रोकेकोप्रति संकेत गर्दै उनले भुक्तानी समयमै गर्न सरकार तयार रहेको, तर कुनै पनि बहानामा काममा ढिलाइ गर्न नहुने बताए ।

More News last news
Loading...