रुसी राष्ट्रपति पुटिनको आलोचना गर्ने २३ वर्षीया मोडलको शव सुटकेसमा फेला

एजेनसी । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनलाई मनोरोगी भनेर अलोचना गर्ने एक रुसी मोडलको शव एउटा सुटकेशमा फेला परेको छ।

२३ वर्षीय रुसी मोडल ग्रेटा वेडलर १ वर्षदेखि बेपत्ता भएतापनि उनको सामाजिक सञ्जाल एकाउन्ट भने चलिरहेको थियो। तर उनको शव एउटा सुटकेशमा भेटिएपछि उनको हत्या भएको खुलासा भएको हो।

Advertisement

रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनलाई मनोरोगी भनेपछि गे्रटा पहिलोे पटक चर्चामा आएकी थिइन्। अन्तर्राष्ट्रि संचार माध्यमका अनुसार ग्रेटाको हत्या उनका पुर्वप्रेमी दिमित्री कोरोभिनले गरेका थिए। कोरोभिनले ग्रेटाको घाँटी थिचेर हत्या गरेर त्यसपछि शवलाई कारको डिक्कीमा राखेका थिए।

पुर्वप्रेमी कोरोभिनले आफूले गरेको अपराध स्वीकार गर्दै ग्रेटाको हत्या गरेर ४४२ किलोमिटर रुसको लिपेटस्कसम्म लगेर शवलाई कारको डिक्कीमै बेवारिसे अवस्थामा छोडेको प्रहरी समक्ष बयान दिएका छन्।

पैसाको विवादका कारण कोरोभिनले ग्रेटाको हत्या गरेको बताएका छन्। यो हत्यामा र ग्रेटाको राजनीतिक सम्बन्ध नभएको बताइएको छ। कोरोभिनले घटनाको अनुसन्धाकर्ताहरूलाई उनी तीन रात होटलको कोठामा ग्रेटाको शवसँगै सुतेको थिए।

ग्रेटाको मुत्युपछि कोरोभिनले उनको सामाजिक सञ्जाल आफैँले चलाउदै आएका थिए, ताकि कसैले उनको मृत्यु वा बेपत्ता भएको शंका नगरोस् भनेर। तर कोरोभिनले ग्रेटाको हत्या गरेको स्वीकार गरेका छन्।

युक्रेनसँग चलिरहेको युद्धको बीचमा रुसी मोडल ग्रेटाको शव भेटिएपछि धेरै प्रश्न उठेका छन्। वास्तवमा ग्रेटाले एक वर्षअघि राष्ट्रपति पुटिनको खुलेर आलोचना गरेकी थिइन्।

त्यसपछि उनी बेपत्ता भएकी हुन्। तर, अहिले उनको शव फेला परेको छ र उनको पूर्व प्रेमि कोरोभिनले आफ्नो अपराध स्वीकार गरेका छन्। रुसी प्रहरीले यो घटनाबारे थप अनुसन्धान गरिरहेको संचारमाध्यमले जनाएका छन्।

More News last news
Loading...