काठमाडौँ । भोलि बिहीबारदेखि केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपराह्नपछि एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ।
कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तो छ ३ दिनको मौसम पूर्वानुमान
२०७८ फागुन २५ गते (बुधबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
२०७८ फागुन २६ गते (बिहिबार)
दिउँसो : देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १का पहाडी तथा उच्च हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भु-भागमा आंशिक बदली रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भु-भागमा अप्रान्ह पछि एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १का एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशको पहाडी तथा हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भु-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १का एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ फागुन २७ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
