काठमाडौंको नक्सालबाट अचम्मका युवक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १ नक्साल भगवतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भवनमा रहेको एनआईसी एसिया बैंकको एटीएमबाट नगद चोरी गर्न एटीएम फोर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।

सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका ७ घर भएका २१ वर्षीय आकाश तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटीएम फोर्न प्रयोग गर्ने औजारसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

यसैगरी, अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । यौन दुराचारको आरोप लागेका अभिनेता शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ पुगेर आत्मसमर्पण गरेका हुन् ।

एक नाबालिग गायिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आइतबार बिहान मात्र प्रहरीसामु उपस्थित हुने बताएका थिए । आफू बिरामी रहेको र घर व्यवहार मिलाउँदा तथा शुक्रबारबाट रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरीसमक्ष उपस्थित हुन नसकेको भन्दै उनले क्षमा याचनासमेत गरेका थिए ।

साथै अभिनेता शाहले काठमाडौंमा युट्यूवरले तमासा गर्ने भन्दै आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेकाे र साेहीअनुसार उनलाइ तनहुँमै नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

पीडितका परिवारले अभिनेता शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ । जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

प्रहरीसमक्ष आत्मसर्मपण गरेका अभिनेता पल शाहले आफूलाई एकपटक दर्शकसँग बसेर चलचित्र हेर्न मन लागेको इच्छा व्यक्त गरेका छन् । प्रहरीसमक्ष आत्मसर्मपण गर्नुअघि पलले एक भिडियो सार्वजनिक गर्दै आफ्नो इच्छा व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘सरकारसँग म एकपटक दर्शक र मेरो टिमसँग बसेर चलचित्र हेर्ने इच्छा व्यक्त गर्दछु । मलाई थाहा छैन मेरो यो कुरा पूरा हुन्छ या हुँदैन । सम्भव भयो भने त्यो अवसर पनि दिनुहुनेछ भन्ने लागेको छ । सम्मानित अदालतले जे निर्णय गर्नेछ, म त्यसलाई स्वीकार गर्नेछु ।’

उनले अगाडि भनेका छन्, ‘म केही दिन आफ्नै कारणले गर्दा प्रहरीसमक्ष उपस्थित हुन सकिनँ । मेरो कारणले कसैलाई गाह्रो परेको छ भने माफी माग्न चाहन्छु । कानुनलाई म पूर्ण रुपमा सघाउनेछु । मलाई यो घटनाको पहिलो दिनबाट नै फसाउने कोशिश गरिएको थियो ।’

More News last news
Loading...