पासपोर्ट र टिकटबिनै विमानमा चढेका निगमका सुरक्षा कमाण्डर निलम्बित

काठमाडौं । नेपाल वायु सेवा निगमले फागुन ९ गते काठमाडौंबाट दोहा जाने तयारीमा रहेको निगमको ए ३३० ९ एन जहाजमा अनधिकृत व्यक्ति फेला परेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमाण्डरलाई तत्काल निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको निगमकी प्रवक्ता अर्चना खड्काले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्नका लागि निगमका नायव महाप्रबन्धकको संयोजकत्वमा शुक्रबार भित्र प्रतिवेदन पेश गर्ने गरी एक उच्चस्तरीय छानबिन उपसमिति समेत गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

रौतहटका १८ वर्षीय हस्पम आलम पासपोर्ट र टिकट बिनै कतार जाने जहाज चढेका थिए । फागुन ९ गते हस्पम विमानस्थलको सुरक्षा घेरा तोडेर सहजै हवाई मार्गमा पुगेर विमान चढेका थिए ।

पासपोर्ट समेत नभएको व्यक्ति एकाएक विमानमा पुगेपछि विमानस्थलको सुरक्षालाई लिएर गम्भीर प्रश्न उठिरहेको छ।

More News last news
Loading...