बलम्बुको एक खोलामा १४ वर्षीय किशोरको शव फेला

कलंकी । राजधानीको चन्द्रागिरि नगरपालिकास्थित बलम्बुको एक खोलामा १४ वर्षीय किशोरको शव फेला परेको छ।

मंगलबार बिहान करिब साढे ८ बजे खोलामा किशोरको शव फेला परेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

Advertisement

उनका अनुसार उदयपुर घर भई चन्द्रागिरि नगरपालिका–२१ बस्दै आएका दिपककुमार राउतका छोरा अनिष राउतको शव भेटिएको हो। शव भेटिएपछि काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार मृतक अनिषको शरीरमा कुनैपनि चोटपटक भने देखिएको छैन। उनले लागूऔषध सेवन गरेको पाइएको छ।

मृत अवस्थामा फेला परेपछि सोमबार मनिषसँगै रहेका दिनेश खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...