कलंकीमा बिहानै भेटिएका दुई वटा शंकास्पद् वस्तु निष्क्रिय

काठमाडौं । काठमाडौंको कलंकी ढुंगेअड्डामा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

ढुँगेअड्डाको कालिका पेट्रोल पम्प नजिक आज बिहान भेटिएको दुई वटा शंकास्पद् वस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

Advertisement

शुक्रबार बिहानै सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेको आशंका गरिएको थियो । बमको आशंका हुनासाथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खतरा लेखिएका ती वस्तु बमजस्तै देखिएपनि ती वस्तु नक्कली बम भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले नयाँ पुस्ता डटकमलाई बताएका छन् ।

 

More News last news
Loading...