काठमाडौं । एक नरपिचास बाबुले आफ्नै छोरीलाई बलात्कार गरेका छन् । सोच्न पनि नसकिने यस्तो घटना भारत, महाराष्ट्रमा भएको हो । महाराष्ट्रकी एक बालिकालाई बलात्कार गरेको आरोपमा एचआइभी पोजिटिभ व्यक्ति पक्राउ परेका छन् ।
आरोपितले आफ्नै सौतेनी छोरीसँग यो जघन्य घटना अपराध गरेको बताइएको छ । आमा घरमा नहुँदा बाबुले सौतेनी छोरीलाई बलात्कार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटना मुम्बईको हो । आफ्नै सौतेनी छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बाबुलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।
प्रहरी अधिकारीका अनुसार अभियुक्त युवक र उनकी श्रीमती दुवै एचआइभी पोजिटिभ छन् । बालिकाकी आमा गत साता घरबाहिर गएपछि छोरीलाई मुख नखोल्ने धम्की दिएर अपराध गरेको प्रहरीले जानकारी दियो ।
जब बालिकाले छिमेकी महिलालाई यो घटनाको बारेमा बताइन्, तब ति महिला नाबालिग पीडितलाई लिएर प्रहरी चौकी पुगिन्। त्यसपछि यस विषयमा मुद्दा दर्ता भयो । त्यसपछि बालिकाका सौतेला बाबुलाई भारतीय दण्ड संहिताको धारा ३७६ (बलात्कार) अन्तर्गत मुद्दा चलाइएको छ ।
साथै, ५०६ (२) (आपराधिक षडयन्त्र) अन्तर्गत पनि मुद्दा दर्ता गरिएको छ । यस बाहेक पोक्सो ऐन अन्तर्गत पनि मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दियो । अहिले युवती एचआइभी पोजेटिभ भए नभएको पत्ता लगाउन प्रहरीले उनको मेडिकल रिपोर्ट जाँच गरिरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
