जब अक्सिजन सिलिन्डरसहित मतदान केन्द्र पुगे आईसीयूका बिरामी

काठमाडौँ । भारतीय चुनावको एउटा ह्दयस्पर्शी चिज भनेको मतदानलाई मानिसहरुले महत्वपूर्ण कर्तव्य ठान्छन्। चुनावकै लागि भनेर विवाह मन्डपबाट बेहुलादेखि आमा बाबुको दुःखमा बसेका क्रियापुत्री मतदान गर्न जान्छन्।

तर, एक जना व्यक्तिले यी सबै हद नाघेका छन् । नयाँ दिल्लीको एपोलो अस्पतालमा आइसीयू वार्डमा भर्ना भएका मुकेश त्यागी मतदानकै लागि १०० किलोमिटर यात्रा गरेर बुलेन्डशार जिल्लाको एउटा मतदान केन्द्रमा मतदान गर्न पुगेका छन्।

Advertisement

उनलाई मतदान केन्द्रमा ल्याउन पनि भव्य तयारी भएको थियो। अक्सिजन सिलिन्डर, औषधि, नेबुलाइजरलगायतका आवश्यक स्वास्थ्य सुविधासँगै उनी मतदान केन्द्र लगिएको थियो।

उनी मतदान केन्द्र पुगेको भिडियो भाइरल भएको छ। उनको लगावप्रति अधिकांश मानिस मन्त्रमुग्ध थिए। उनी तीन महिनादेखि अस्पतालमा उपचारार्थ छन्। मतदानका लागि उनले व्यक्तिगत रुपमा ट्रली व्यवस्था गरेका थिए । मतदान केन्द्रसम्म जानका लागि सम्पूर्ण स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न उनले चिकित्सकलाई अनुरोध गरेका थिए।

बिहीबारदेखि सुरु भएको उत्तर प्रदेशको विधान सभा निर्वाचनमा मतदान भइरहेको छ। निर्वाचनअन्तर्गत पहिलो चरणमा ११ जिल्लाका ५८ क्षेत्रमा निर्वाचन भइरहेको छ।

४०३ सदस्य निर्वाचित हुने उत्तर प्रदेश विधान सभामा ७ चरणमा निर्वाचन हुँदैछ। अन्तिम चरणको मतदान ७ मार्चमा हुनेछ भने मतगणतना १० मार्चदेखि सुरु हुनेछ। एजेन्सी

More News last news
Loading...