तनहुँका श्रेष्ठ काभ्रेबाट बेपत्ता, खोजिदिन परिवारको अपिल

काठमाडौँ । तनहुँको शुक्लागण्डकीका तोलानारण श्रेष्ठ (टिकाराम श्रेष्ठ) काभ्रेबाट बेपत्ता भएका छन् । काभ्रेको धुलिखेल आफन्तको घरमा गएका श्रेष्ठ माघ २१ गतेदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।

श्रेष्ठले निलो रंगको जिन्स पाइन्ट र कालो, सेतो मिस्क खालको ज्याकेट लगाएका छन् । साथै, रुमाल घरी घाँटीमा घरी टाउकोमा र मुखमा बाँध्ने, गहुँ गोरो वर्णका छन् । ४२ वर्षीय उनको उचाई ५.४ इन्च तौल ४५-५० केजी रहेको छ ।

Advertisement

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० बाङ्राङ (साबिक ढोरफिर्दी ८) स्थायी घर भएका उनी हाल धुलिखेल नगरपालिका काभ्रे भञ्ज्याङबाट हराएको हुँदा उनलाई देख्नुहुने महानुभावहरुले (९८६९२७००१५) (९८२३५३६६०३ धननारायण श्रेष्ठ, भाई) तथा नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिनुहुन परिवारले अपिल गरेको छ ।

श्रेष्ठ लामो समय वैदेशिक रोजगारिको शिलशिलामा साउदी अरेबिया बसेर दुई महिना अगाडि मात्रै स्वदेश फर्किएका थिए । यहि माघ १६ गते घरबाट धुलिखेलमा रहेका साढुको घरमा गएका उनी २१ गते बिहान ४ बजेबाट बेपत्ता भएका हुन् ।

चप्पल जुत्ता नलगाइकन निस्किएका उनको पर्स र घडी पनि घरमै फेला परेको छ । अहिले उनको परिवारले श्रेष्ठको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय काभ्रेमा समेत निवेदन दिएको छ ।

More News last news
Loading...