ट्रकमा कार ठोक्किंदा ४ जनाको ज्यान गयो, खाँदबारीमा ट्रक ‘दुर्घटना’ एकले ज्यान गुमाए

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन्।

कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

Advertisement

उनका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको पहिचान हुन बाँकी छ।

ट्रक दुर्घटनामा एक जनाको मृत्यु

खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार सोमबार बिहान ७ बजे प्रदेश २–०३००१ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै भएको हो । तुम्लिङटारबाट वीरगंज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

ट्रक मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पु-याएर सोमबार बिहान वीरगंज फर्कदैँ गर्दा सभाखोला नजिँकैको घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

More News last news
Loading...