काठमाडौं । चन्द्रागिरी नजिकै देउराली डाँडामा हिउँ खेल्न पुगेका एक युवकको शव फेला परेको छ।
हिउँले पुरिएको अवस्थामा ललितपुरको महालक्ष्मी नगरपालिका–६ टिकाथलीका प्रज्वल पोखरेल भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौं र मकवानपुरको सिमानामा पर्ने इन्द्रसरोबर गाउँपालिका–५ देउराली डाँडामा हिउँ खेल्न पुगेका पोखरेल मृत भेटिएका हुन् । उनी पेशाले चार्टर एकान्टेन्ट भएको प्रहरीको भनाई छ ।
मृतक पोखरेल हिउँ खेल्न को सँग पुगेका हुन् त्यसको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
यहि सिजनमा मात्रै चन्द्रागिरीमै हिउँ खेल्न गएका दुई जना युवाको शव फेला परेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
