तिनाउ र बुढीगंगामा मोटरसाइकल दुर्घटना, २ जनाको ज्यान गयो

काठमाडौँ । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गएराती जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिपको ठक्करबाट घाइते भएका अन्दाजी ३२ बर्षीय पुरुषको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रदेशिक अस्पतालमा राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

Advertisement

गएराती पौने १२ बजे बा१९च ९१५७ नम्बरको जिपले लु२४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना लगतै फरार भएका जिप चालकको खोजी भइरहेको छ ।

बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

साँफे–मार्तडी सडकखण्ड अन्र्तगत बाजुराको बुढीगंगा नगरपालिका–६ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार अछामको साँफेबगर घर भएका ३८ बर्षीय बल सुनार रहेका छन् । उपचारको क्रममा अछाम स्थित बयलपाटा अस्पतालमा उनको राती पौने २ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बाजुराकै त्रिवेणी नगरपालिका–४ का ३६ बर्षीय गगन साँउदको सोही अस्पतालमा उपचार भइरहेको छ ।

फालासैनबाट बाक्का तर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०१–००८प ४०५० नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे दुर्घटना भएको प्रहरी चौकी बार्जुगाडले जनाएको छ । मोटरसाइकल चालक को हुन् भन्ने खुल्न बाँकी रहेको छ।

More News last news
Loading...