काठमाडौँ । प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन् ।
नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान एक बजे ओखरपाटामा दुर्घटनामा परेको हो ।
जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियो । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रहरीका अनुसा, दुर्घटनामा बेहुला, बेहुली नै घाइते भएका छन् । उनीहरुको बिजुवार अस्पतालमै उपचार भइरहेको ड। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय पुजा निवासीबाट पनि १५ किलोमिटर टाढा रहेको छ । जिप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
