कांग्रेस स्याङ्जा सभापति थापाका लोभलाग्दा गुण, छोटो समयमै राजनीतिको उचाइमा

ध्रुव शर्मा l १) जनता-कार्यकर्तासँग पारस्परिक सम्बन्धः भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट स्याङ्जा जिल्ला सभापतिमा विजयी भएपछि संविधानसभा सदस्य समेत रहेका कांग्रेस नेता राजु थापाको उचाई झन् बढेको छ ।

जनता र कार्यकर्ता सँग पारस्पारिक सम्बन्ध स्थापित गर्न माहिर थापा प्रायः एक पटक भेटेको मान्छेलाई झट्ट बिर्सँदैनन् भने जनता कार्यकर्ताको भावना बुझेर उनीहरु केन्द्रित छलफल चलाइदिन्छन् । सहजै पारिवारिक वातावरण सृजना गरि दिन–रात नभनी रेस्पोन्स गरिदिने, भर्खरैका युवा देखि वृद्धसम्म सजिलै घुलमिल हुनसक्ने बानीका कारण पनि आज युवा देखी वृद्ध, कार्यकर्ता देखि जनता सम्म उनले सबैको मन जितेका छन् ।

Advertisement

२) स्पष्ट एजेन्डा र स्पष्ट बिचारः थापा आफ्ना विचार र एजेन्डाहरु प्रष्ट रुपमा जनता कार्यकर्तामाझ राख्ने गर्दछन् । जिल्लाको समग्र विकास केन्द्रित एजेन्डा, युवाहरुलाई स्वरोजगार, आत्मनिर्भरता, छोटो मिठो भाषणा, सरल र स्पष्ट बोली, भाषिक शुद्धताले गर्दा उनको बिचार प्रायः सबैलाई चित्तबुझ्दो हुन्छ । जनता र कार्यकर्ताबीचमा समान व्यवहार गरि सबैलाई समेट्न प्रयास गरिरहने उनको बानीले उनलाई अझै उचाइमा पुर्याउने छ ।

३) सहयोगी एवं मनोभावना बुझ्ने : जिल्ला सभापति थापाका धेरै क्षमता सँगै मिलनसार र सहयोगी भावनाले गर्दा युवा पुस्ता देखि वृद्धसम्म, किसानी, मजदुर देखि ब्यापार ब्यबसायी, उद्योगिसम्म सबैको मन जितेका छन् । कार्यकर्ता, नेता एवं बिशिस्ट ब्यक्तित्त्वहरुको मनोभावना बुझ्न सक्ने र सोही अनुसार कुरा गर्न सक्ने विशेष क्षमता उनीसँग भएकै कारण राजनीतिमा उनको आगामी भविश्य पनि उज्वल देखिन्छ ।

कार्यकर्ता, नेता एवं बिशिस्ट ब्यक्तित्त्वहरुको मनोभावना बुझ्न सक्ने र सोही अनुसार कुरा गर्न सक्ने विशेष क्षमता उनीसँग भएकै कारण राजनीतिमा उनको आगामी भविश्य पनि उज्वल देखिन्छ ।

४) शाहसी, निडर स्वभाव तथा आत्मबिस्वासि एवं बिचारमा अडिगः कुनै पनि निर्णय लिँदै गर्दा धेरै सोझबुझ निर्णय लिने, साना तिना कुरामा नअल्झिने, आफुले गरेको निर्णय र काम प्रति आत्मविश्वासका साथ अगाडि बढ्न सक्ने, प्रतिपक्ष एवं विपक्षीसँग एजेन्डा र उपयुक्त तर्क सहित आफ्नो धारणा राख्ने आफ्नो बिचार र एजेन्डामा अडिग रहि एजेन्डा स्थापित गराउन सबल एवं सक्षम भएकै कारण उनलाई साहसी, निडर स्वभाव तथा आत्मबिस्वासि एवं बिचारमा अडिग नेताको रूपमा कार्यकर्ताले चिन्छन् ।

५) विपक्षी सङको हार्दिकता र भातृत्त्व सम्बन्धः उनले आफ्नो पार्टी भित्रमात्रै होइन विपक्षी सबैसँग मिलनसार एवं साथित्त्वको भाइचाराको सम्बन्ध राख्दै प्राजातान्त्रिक बिचार बोकी आफ्नो प्रतीद्वन्दी समेतलाई विश्वासमा लिन सक्ने क्षमता छ । यसले गर्दा पनि उनीप्रति कतिपय साझा एजेन्डाहरुमा विपक्षीको पनि समर्थन जुट्छ । पार्टीको जिल्ला अधिवेशनमा भागवत प्रकाश मल्ललाई पराजीत गरे लगत्ते उनले मल्लाई अंकमाल गर्र्दै आफुँहरु भित्र प्रजातान्त्री प्रतिस्पर्धा भएको भन्दै आफ्नो जितलाई मल्लकै जितको रुपमा लिएको बताएका थिए ।

६) ठाउँ परिबेश अनुसारको समस्या पहिचान र त्यस्को समाधान केन्द्रित भाषण तथा स्पष्ट प्रस्तुती : कुनै पनि ठाउँमा गएर बोल्दै गर्दा शुरुमा त्यस ठाउँको वास्तविक समस्या केहो ? त्यहाँको जनताले आफूबाट र समग्र पार्टीबाट एवं सरकारबाट के अपेक्षा गरेका छ्न् ? त्यो बुझ्छन् थापा । त्यसको सत्य तथ्य बुझी समस्याको जड पत्ता लगाएर समस्या समाधान कसरी गर्न सकिन्छ ? राष्ट्रिय अन्तराष्ट्रिय राजनैतिक घटना क्रमको समयानुकूल जनतालाई सूसुचित गराउँछन् । बोल्दा सबैले बुझ्ने सरल भाषा प्रयोग गरि स्रोताको मन जित्ने गरि उत्तेजित नभइकन भ्रमित नहुने गरि आफ्ना कुरा पस्कन्छन् । पार्टी र जिल्लामा मात्रै नभइ विपक्षी पार्टी र केन्द्रीय स्तरमै पनि थापाको भाषण र कामको चर्चा चल्ने गरेको छ ।

७) युवाहरुलाइ स्वरोजगारको लागि हौसला एवं सहयोग : युवाहरुलाई आत्मनिर्भर एवं स्वरोजगार हुनुपर्छ भन्ने स्पस्ट मान्यता थापाको छ । युवाहरुको मनोभावना बुझी साना देखि सक्नेसम्मका रोजगारी दिलाउन पनि उनी लागि पर्दछन् । समस्या परेका बेला सामाजिक, कानूनी र आर्थिक सहयोगसमेत गरि युवाहरुको अभिभावकत्त्व निर्वाह गर्न सक्ने खूबी उनमा छ । युवालाई विभिन्न खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा समेत सहयोग गरि सबैलाई समेट्न सक्ने भावनाका कारण आज युवाहरु माझ थापा अझै लिकप्रिय छन् ।

८) समयको ब्यबस्थापन एवं पार्टीमा लगाव, कडा परिश्रमः समयको ब्यबस्थापन गर्ने कुरामा उनी निर्पुण छन् । प्रायः उनको समय ब्यक्तिगत भन्दा पनि पार्टीको काममा नै खर्चिन्छन् । समय तालिका अनुसार कार्यक्रम मिलाएर सकभर बोलाएको ठाउँमा जसरी पनि पुग्नुपर्छ भन्ने सिद्धान्त उनको छ ।

अबिचलित, धैर्यवान, सहनशीलताः थापा निर्वाचन जित्दा होस् या हार्दा, आफ्नै आन्तरिक पार्टी भित्रको अन्तरसंघर्ष होस या विभिन्न राजनीतिक एजेन्डामा होस कहिल्यै पनि बिचलित भएको देखिँदैन ।

 

९) अबिचलित, धैर्यवान, सहनशीलताः थापा निर्वाचन जित्दा होस् या हार्दा, आफ्नै आन्तरिक पार्टी भित्रको अन्तरसंघर्ष होस या विभिन्न राजनीतिक एजेन्डामा होस कहिल्यै पनि बिचलित भएको देखिँदैन । आफूँ अनुकुल भएपनि उत्तेजित नहुने र आफूँ प्रतिकुल हुँदा पनि बिचलित नहुने अबिचलित रहिरहने धैर्यवान क्षमता उनमा छ । आफुँ विरुद्ध जति भ्रमित गर्न लागेपनी सहन सक्ने, परेको ठाउँमा सबैलाई सहज हुन्छ पार्टी र जनताको लागि राम्रो हुन्छ भने आफ्नो स्वार्थ नहेर्ने उदारबादी सहनशीलताको बानिका कारण पनि आज उनी सबैले रुचाएको नेता मध्य पर्दछन् ।

१०) सबै नेताहरु सङ सन्तुलित सम्बन्धः पार्टी भित्र पनि प्रायः सबै गुटका नेता कार्यकर्ताहरुलाई समेटेर हिंड्न् सक्ने र कसैलाई पनि दबाब र कर कापमा नभई स्वतस्र्फुत रुपमा सबैको भावना आफूँसँग जोड्न सक्ने क्षमता उनमा देखिएको छ । पछिल्लो समय जिल्लादेखि केन्द्रसम्मका विभिन्न गुटका सबै नेताहरुसँग समान दूरी राखेरै पनि धेरै नेताहरुको मन जितेका छन् । स्वच्छ भावना भएका यी उदयीमान नेताका कारण पनि आज उनी ७७ वटै जिल्ला मध्ये सर्वप्रिय जिल्ला सभापतिको रुपमा स्थापित हुँदै छन ।

More News last news
Loading...