महाविर पुन ll आज शहिदहरुको सम्झना गर्ने दिनमा मैले ईतिहासको पानाबाट चार जना शहिदहरुलाई फाँसी दिने टोलि नेताको नाम राखेर जानकारी दिंदा मलाई केहि साथीहरुले “लौ अब महाबीर पुन ईतिहासविद पनि भयो” र “आविष्कार गर्ने मान्छे लाई ईतिहासमा किन चासो” भनेर मलाई हाँसोमा उडाउनु पनि भयो। त्यसैले यो तथ्य कुरा पनि भनि हालौं न त भनेर लेख्दै छु।
मैले १२ बर्षको उमेर सम्म देख्न र पढन पाएको भनेको दुई वटा किताबहरु मात्र थिएँ । किनभने त्यति बेला अहिलेको जस्तो मेरै गाउँको स्कुलमा कुनै पाठ्य पुस्तकहरु पुगे कै थिएनन्। गाउँका बुढापाकाहरुले आफुले जानेको कुराहरु पाटीमा लेखेर पढाउँथे। मैले पाठ्य पुस्तक देखेको त १३ बर्षको उमेरमा आठ कक्षा पढ्दा देखेको हो। मैले देखेको र पढेको ति दुई वटा किताबहरुको नाम पनि मलाइ थाहा छ।
गाउँका बुढापाकाहरुले आफुले जानेको कुराहरु पाटीमा लेखेर पढाउँथे। मैले पाठ्य पुस्तक देखेको त १३ बर्षको उमेरमा आठ कक्षा पढ्दा देखेको हो। मैले देखेको र पढेको ति दुई वटा किताबहरुको नाम पनि मलाइ थाहा छ।
पहिलो किताबको नाम ‘नेपाल दिग्दर्शन ईतिहास’ थियो र त्यसका लेखक रामजी उपाध्याय भन्ने थिए। अर्को किताबको ठ्याक्कै नाम ता बिर्से तर त्यो किताब त्यति बेलाको ब्रिटिश आर्मीमा मलेशियामा नोकरी गर्ने गोर्खाली सिपाहीहरुलाई रोमनमा लेख्न र पढ्न सिकाउने ‘रोमन गोर्खाली’ भन्ने किताब थियो। त्यो किताब नेपाली मा लेखिएको थिएन र रोमनमा लेखिएको थियो।
‘नेपाल दिग्दर्शन ईतिहास’ भन्ने किताब बाबाले मलाय बाट पेन्सन आउँदा सायद गोरखपुर तिर किन्नु भएको थियो होला। त्यो किताब किन किन्नु भयो थाहा भएन किन भने बाबालाई नेपाली अक्षर अलि अलि मात्र पढ्न आउंथ्यो। मलाइ बाबाले रोमन गोर्खालीमा लेख्न र पढ्न सिकाउनु भएको थियो। मैले गाउँको स्कूलमा गएर काठको पाटीमा नेपाली अक्षर लेख्न र पढ्न जान्ने भए पछि पढ्न पाएको नेपाली किताब भने कै त्यो ‘नेपाल दिग्दर्शन ईतिहास’ भन्ने किताब थियो।
मैले त्यो किताब धेरै नै पटक पढेको थिएँ किन भने पढ्ने अर्को किताब नै थिएन। गाई गोठमा बाजे संग बस्दा, भेडा चराउन जाँदा र जहा जाँदा पनि त्यो किताब संगै लिएर जान्थेँ र मौका पायो भने पढन सुरु गरि हाल्थें।
किन भने त्यो किताबमा ईतिहासको कुराहरु पढ्दा मलाई कथा पढे जस्तै लाग्दथ्यो र खुब मज्जा आउंथ्यो। जति पटक पढे पनि अझै पढ़ूँ पढ़ूँ जस्तो लाग्थ्यो। मैले कति पटक त्यो किताब सुरु देखि अन्त सम्म पढेँ होला भन्ने ता थाहा छैन तर धेरै-धेरै पटक त्यहि एउटा किताब पढेको थिएँ।
यसरी मैले नेपाली अक्षर पढ्न जानेको मोटामोटी उमेर ७ बर्ष देखि १२ बर्षको उमेर सम्म मलाई नेपालको ईतिहास एक किसिमले कन्ठै जस्तो भएको थियो। ईतिहास मा भएको शाह बंशको सुरुवातको ईतिहास, पृथ्वीनारायण शाहले राज्य विस्तार गरेको कुरा, रणबहादुर शाहको चर्तिकला, नेपाल र अंग्रेज को लडाईको विवरण, सुगौली सन्धि, जंगबहादुरले गरेको कोत पर्ब र राणा शासनको उदय देखि अन्तिम राणा प्रधानमन्त्री मोहन शम्सेर सम्मको ईतिहास, २००७ सालको क्रान्ति आदि धेरै जसो नेपालका ईतिहासका कुराहरु मोटामोटी रुपमा मलाई त्यति बेलै थाहा भएको थियो।
त्यसैले, मलाई तपाइँहरुले ईतिहासविद नै भयो भनेर मेरो खिल्ली उडाए पनि र मेरो हाँसो गरे पनि मलाई पटक्कै दु:ख लाग्दैन। त्यसो भन्दा मलाई ति पुराना दिनहरुको याद पो आउँछ। ल आजको ईतिहास यत्ति नै हो। शुभम् … (वैज्ञानिक महाविर पुनको सामाजिक सञ्जालबाट साभार)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)