आज (बिहीबार) वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु कुहिरो

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका भूभागमा हुस्सु कुहिरो लागि रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Advertisement

महाशाखाका अनुसार बिहीबार प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी (शुक्रबार) पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने र केही समयमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

More News last news
Loading...