काठमाडौं l हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघर गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।
यसैगरी, मंगलबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
