अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन । पहिराका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

Advertisement

नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो ।

तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो । सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए ।

झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताए । सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ ।

More News last news
Loading...