काठमाडौंमा उकालो चढ्दै कोरोना ग्राफ, आज मात्रै थपिए ६ हजार ३४३ संक्रमित

मास्क नलगाइ हिँड्नेहरूलाई कारबाही

काठमाडौं l काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

मास्क नलगाइ हिँड्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनको कारबाही

मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो ।

त्यस्तै, प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरुलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमन कर्ता भनेको नै नागरिक भएकोले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरे ।

More News last news
Loading...