काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरमा कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ।
प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस संक्रमण देखिएको कारणले बिहीबारदेखि प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिनुभयो ।
विज्ञप्ति अनुसार भोलिदेखि लागू हुने गरी नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँटर्फको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ।
शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना संक्रमित बढिरहेका छन् । हिजो बुधबार मात्रै काठमाडौँ उपत्यकामा ४ हजार ४ जना कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
