पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्रै, मनकामना प्रवेशमै रोक

काठमाडौं l कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएको छ ।

काठमाडौं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन् । त्यसबाहेकका पूजापाठ हुने छैन ।

Advertisement

पशुपति क्षेत्र विकास कोषले पनि एक सूचना जारी गरी आजबाट लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएको छ ।

यसैगरी, गोरखाको मनकामना मन्दिरमा पनि नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ । माघ ६ गते बिहीवारदेखि माघ मसान्तसम्म भक्तजनको प्रवेशमा रोक लगाइने भएको हो।

कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबिन्द्र गुरुङले बताए । मनकामना क्षेत्र विकास समितिको बैठकले आउँदो बिहीवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय गरेको हो।

More News last news
Loading...